बेहडाबाबा मेला:धनगढी उपमहानगरपालिकाद्वारा निशुल्क बस सेवा सञ्चालन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी — बेहडाबाबा मेलाका अवसरमा धनगढी उपमहानगरपालिकाले सर्वसाधारणको सुविधाका लागि निMशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

धनगढी–१६ मा अवस्थित बेहडाबाबा मन्दिरमा हरेक वर्ष जेष्ठ २२ गते विशेष मेला लाग्ने गर्दछ। यही अवसरमा मन्दिर दर्शन गर्न जाने भक्तजनको सुविधाका लागि उपमहानगरपालिकाले निशुल्क बस सेवा उपलब्ध गराउने निर्णय गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

नगर प्रमुख गोपाल हमालले भिडियो सन्देशमार्फत जानकारी दिँदै बुधवार राति १२ बजेदेखि बिहीवार साँझसम्म धनगढी–१७ को शिवगङ्गा नदीदेखि बेहडाबाबा मन्दिरसम्म बस सेवा सञ्चालन हुने जानकारी दिए।

उनका अनुसार, बेहडाबाबा मन्दिरसम्म पुग्ने सडक साँघुरो भएकाले सवारीसाधनको जाम हटाउन र यात्रुहरूलाई सहजता प्रदान गर्न निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो।

नगर बसमार्फत प्रदान गरिने यस सेवाबाट भक्तजनहरूलाई मेलामा सहभागिता जनाउन सहज हुने विश्वास लिइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.