आलितालमा अनिवार्य शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, आलिताल — सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सम्बन्धी सरोकारवालासँग एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

 कार्यक्रम आलिताल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समितिका संयोजक तथा वडा न.६ का अध्यक्ष कुम्भर बुढा रहनु भएका थिए ।

 कार्यक्रममा आलिताल गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति (बि.व्य.स) का अध्यक्षहरू, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारीहरू, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अनिवार्य तथा निशुल्क आधारभूत शिक्षाको प्रभावकारी कार्यान्वयन, अभिभावक तथा समुदायको भूमिका, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा सुझाव आदानप्रदान गरिएको थियो।

सामाजिक विकास कार्यालयले यस किसिमका कार्यक्रमद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गर्दै समाधानको बाटो निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

शिक्षा बिकास तथा समन्वय इकाइ डडेल्धुरा , सामाजिक बिकास कार्यालय ,डडेल्धुरा र आलिताल गाउँ पालीका शिक्षा ,युवा तथा खेलकुद शाखाकाे समन्वयमा कार्यक्रम सम्पन्न भएको हाे ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.