१५ वर्षदेखि अल्झिएको डडेल्धुरा बसपार्क योजनाको काम अघि बढ्यो, अब १० करोडको पूर्वाधार बन्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — झन्डै १५ वर्षदेखि कागजमै अल्झिएको अमरगढी बसपार्क योजना अन्ततः निर्माण प्रक्रियामा प्रवेश गरेको छ। अमरगढी नगरपालिका–५ डकलेमा बन्ने बसपार्कको शिलान्यास शनिबार नगरप्रमुख डिल्लीराज जोशीले गरेसँगै ठेकेदार कम्पनीले कामको थालनी गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

२०६७ सालमै पहिलोपटक प्रस्ताव गरिएको यो योजना बजेट, जग्गा व्यवस्थापन र वातावरणीय स्वीकृतिको पर्खाइमा वर्षौंसम्म अड्किएको थियो। अमरगढी–८ का वडाध्यक्ष नरबहादुर साँकीका अनुसार त्यतिबेला निर्माणका लागि संघर्ष समिति गठनसमेत गरिएको थियो।

Dadeldhura Hospital

हाल संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीमार्फत सम्झौता गरिएको बसपार्क निर्माणका लागि १० करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। ‘मालिका(कालिका जेभी’ नामक कम्पनीले १७ महिनाभित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको छ।

यसअघि शहरी विकास डिभिजन कार्यालय डोटीमार्फत ६० लाख विनियोजन गरिएर केही आधारभूत काम भए पनि बजेट रोकिएपछि योजना स्थगित भएको थियो। नगरपालिकाले वन विकास कोषमा १ करोड ११ लाख रुपैयाँ क्षतिपूर्ति बुझाएपछि मात्र आवश्यक रुख कटानीको स्वीकृति मिलेको थियो।

 

हाल करिब ४० रोपनी क्षेत्रफलमा बसपार्कसँगै शपिङ कम्प्लेक्स, टर्मिनल भवन, टिकट काउन्टर, शौचालय र पार्किङको योजना बनाइएको छ। डडेल्धुरा सदरमुकामको ट्राफिक व्यवस्थापनमा राहत दिने विश्वास नगरप्रमुख जोशीले व्यक्त गरे। उनका अनुसार डडेल्धुरा सात पहाडी जिल्लाको केन्द्र भएकाले यो परियोजना सुदूरपश्चिमकै गौरवको पूर्वाधार बन्नेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.