नवदुर्गाको ४६ करोडको बजेट, समावेशी विकासलाई प्राथमिकता

sc mahendra

डडेल्धुरा: समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राख्दै डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ७६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १८औं गाउँसभा अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत गरिएको बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिँचाइ, कृषि र पशुपालन जस्ता सेवा र उत्पादनमूलक क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। वडाध्यक्ष तथा प्रवक्ता दिलबहादुर बिष्टले बजेट सभामा प्रस्तुत गरेका थिए।

गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार बजेटको मूल उद्देश्य जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नु र दीगो विकासका पूर्वाधार निर्माण गर्नु हो। “समान अवसर, सामाजिक न्याय र स्थानीय समृद्धिको मार्गचित्रको रुपमा यो बजेट अघि सारिएको हो,” उनले बताए।

बजेटले स्थानीय पूर्वाधारको सुदृढीकरण, नागरिक सेवामा सुधार, सामाजिक समावेशिता र उत्पादनमुखी कार्यक्रमहरूलाई बल दिने गरी संरचना तय गरिएको जनाइएको छ। स्थानीय विकासलाई मूर्तरुप दिन योजनाबद्ध खर्च प्रणाली र क्षेत्रगत सन्तुलनलाई पनि प्राथमिकता दिइनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.