नवदुर्गाको ४६ करोडको बजेट, समावेशी विकासलाई प्राथमिकता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राख्दै डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ७६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

Dadeldhura Hospital

गाउँपालिकाको १८औं गाउँसभा अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत गरिएको बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिँचाइ, कृषि र पशुपालन जस्ता सेवा र उत्पादनमूलक क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। वडाध्यक्ष तथा प्रवक्ता दिलबहादुर बिष्टले बजेट सभामा प्रस्तुत गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार बजेटको मूल उद्देश्य जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नु र दीगो विकासका पूर्वाधार निर्माण गर्नु हो। “समान अवसर, सामाजिक न्याय र स्थानीय समृद्धिको मार्गचित्रको रुपमा यो बजेट अघि सारिएको हो,” उनले बताए।

बजेटले स्थानीय पूर्वाधारको सुदृढीकरण, नागरिक सेवामा सुधार, सामाजिक समावेशिता र उत्पादनमुखी कार्यक्रमहरूलाई बल दिने गरी संरचना तय गरिएको जनाइएको छ। स्थानीय विकासलाई मूर्तरुप दिन योजनाबद्ध खर्च प्रणाली र क्षेत्रगत सन्तुलनलाई पनि प्राथमिकता दिइनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.