सुदूरपश्चिम सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित

sc mahendra

डडेल्धुरा — हाल देशभर सक्रिय मनसुनी प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेशमा पनि मौसम बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपातको सम्भावना समेत रहेको छ।

भारी वर्षाका कारण नदीको बहावमा अकस्मात् बृद्धि, बाढी, पहिरो तथा भूक्षय हुने सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा असर पर्ने अनुमान गरिएको छ। महाशाखाले विशेषगरी सुदूरपश्चिमका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान र सूचना अपडेट गरिरहन आग्रह गरेको छ।

स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन निकायहरूलाई सतर्क रहन र पूर्वतयारी अवस्थामा रहन समेत अनुरोध गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.