रस्टीक स्टोर निर्माणले किसानलाई राहत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिका–१ लामिचौरमा निर्माण गरिएको रस्टीक स्टोरले स्थानीय किसानलाई उल्लेख्य राहत पु-याएको छ।

आलिताल गाउँपालिकाको आर्थिक सहयोगमा गत वर्ष निर्माण सम्पन्न गरिएको उक्त स्टोर यस वर्षदेखि औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो। पाँच टन क्षमताको सो भण्डारण केन्द्रमा हालसम्म २५ जना किसानले बीउ आलु सुरक्षित रूपमा राख्न थालेका छन्।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भगवती कृषक समूहका अध्यक्ष टिकेश्वरी बोहराका अनुसार रस्टीक स्टोरको निर्माणले लामिचौर क्षेत्रका करिब ३० घरधुरी किसानलाई बीउ आलु भण्डारण गर्न सहज भएको छ। “पहिले उपयुक्त भण्डारण सुविधा नहुँदा आलु बिग्रिने, घामपानीले सुक्ने समस्या थियो,” उनले भनिन्, “अब किसानले सजिलै सुरक्षित तरिकाले बीउ राख्न पाएका छन्।”

Dadeldhura Hospital

उनका अनुसार स्टोर सञ्चालनमा आएपछि किसानलाई बिउको अभाव हुने समस्या घट्नेछ। “बेस्सिजनमा बीउ पाउन गाह्रो हुन्थ्यो, पाइए पनि निकै महँगो मुल्य तिर्नुपर्थ्यो,” अध्यक्ष बोहराले भनिन्, “अब त्यो समस्या अन्त्य हुने विश्वास गरिएको छ।”

समूहका अर्का सदस्य बोहराले स्टोर सञ्चालनमा आएपछि घरमै विषादी राखेर बीउ जोगाउने जोखिम हटेको बताए। “पहिले विषादी हालेर घरमै राख्नुपर्थ्यो, अब स्टोरमै सुरक्षित तरिकाले राख्न सकिन्छ,” उनले भने।

स्थानीय कृषकहरूले स्टोरको प्रयोगले खेतीमा लागत घटाउने, बीउको गुणस्तर जोगाउने र समग्र उत्पादनमा सुधार ल्याउने अपेक्षा गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.