सामाजिक सुरक्षा भत्ताका लागि अब बायोमेट्रिक अनिवार्य

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – आगामी आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता लिन बायोमेट्रिक प्रणाली अनिवार्य हुने भएको छ।
आलिताल गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख शेरबहादुर देउवाका अनुसार, भत्ता नविकरणका क्रममा लाभग्राहीहरूले अनिवार्य रूपमा उपस्थित भई बायोमेट्रिक प्रणालीबाट विवरण अद्यावधिक गर्नु पर्ने बताए।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ को प्रभावकारी कार्यान्वयनका लागि आज गाउँपालिकाभित्र रहेका सबै आठ वडाका सचिवहरूलाई बायोमेट्रिक डिभाइस हस्तान्तरण गर्दै आवश्यक तालिमसमेत प्रदान गरिएको पञ्जीकरण शाखा प्रमुख देउवा बताए ।

Dadeldhura Hospital

यद्यपि, “सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२” अनुसार १६ वर्ष नपुगेका बालबालिका, आफैं हेरचाह गर्न नसक्ने अशक्त व्यक्तिहरू र ९० वर्ष माथिका जेष्ठ नागरिकलाई भने बायोमेट्रिक अनिवार्य नहुने उल्लेख छ।

बिभागले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले बायोमेट्रिक प्रणाली लागू गर्न लागेको जनाइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.