धुलिखेतमा तटबन्धको अभावले सयौं बिघा उब्जाउ जमिन बगरमा परिणत हुने खतरा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, आलिताल — डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ३ स्थित धुलिखेतमा रहेको साकरि खोलामा तटबन्धको अभावले सयौं बिघा उब्जाउ जमिन बगरमा परिणत हुने खतरा बढेको छ। विगत केही वर्षदेखि जमिन कटानको दर तीव्र रूपमा बढिरहेको छ, तर सम्बन्धित निकायले समस्या समाधानमा कुनै चासो देखाएको छैन।

स्थानीय बासिन्दाहरूका अनुसार, हरेक चुनावमा तटबन्ध बनाउने आश्वासन दिएर भोट माग्ने नेताहरू चुनाव जितेपछि मौन बस्ने गरेका छन्। निरन्तर आठ वर्षदेखि जनप्रतिनिधिहरूलाई बिन्ती गर्दा पनि समस्या समाधानतर्फ न राज्यका तर्फबाट ध्यान दिइएको छ, न गाउँपालिका स्वयंले अग्रसरता देखाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्थानीय मोहन धामीले भने, “भोट माग्दा तटबन्ध बनाउने भन्थे, जितेपछि आ–आफ्नो ठाउँमा मात्र बजेट हाल्ने चलन छ। हामीकहाँ त किसानहरू वर्षेनी आफ्नो जमिन गुमाइरहेका छन्।”

Dadeldhura Hospital

बलबहादुर गुरुङ गाउँपालिका अध्यक्ष हुँदा होस् वा त्यसपछिका प्रदेशस्तरीय नेता पठानसिं बोहरा, सांसद कुन्ती जोशी हुँदै वर्तमान गाउँपालिका अध्यक्ष शेरसिंह पार्की र प्रदेश सांसद खगराज भट्ट तथा गीता देवी मालसम्म कसैले पनि समस्या समाधानमा अग्रसरता देखाएका छैनन्।

धुलिखेतमा अहिले पनि करिब २५० मिटर तटबन्ध निर्माण गर्न सकेमा बचेको उब्जाउ जमिन जोगाउन सकिने स्थानीयहरूको विश्वास छ। तर समस्या न सुन्ने, न देख्ने प्रवृत्तिका कारण जनतामा व्यापक असन्तुष्टि बढेको छ।

एक स्थानीयले आक्रोश पोख्दै भने, “अब हामी दल होइन, काम हेर्छौं। जुन नेताले जनताको दुःख देख्दैन, त्यस्तो नेताको पछि लाग्ने बेला सकियो।”

धुलिखेत क्षेत्रका किसानहरू अबको आन्दोलन र सचेतताको माध्यमबाट आफूहरूको आवाज सरकार र सरोकारवालासम्म पुर्‍याउने तयारीमा छन्।

http://साकरि खोलामा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.