सुदूरपश्चिममा वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज(शुक्रबार)साँझबाट असार १९ गते सम्म सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सामान्यदेखि धेरै स्थानमा मौसम बदली रहने, थोरैदेखि धेरै ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शुक्रबार एक सूचना जारी गर्दै वर्षा र सम्भावित बाढीका कारण नदी, खोल्सा तथा कटान लगायतका विपद् हुन सक्ने भन्दै जिल्लाका सबै जोखिमयुक्त बस्तीहरूमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कुनै विपद् घट्ना भएमा तत्काल सम्बन्धित स्थानीय तह र स्थानीय सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सतर्कता र पूर्वतयारी गर्न प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासनले सबै सरोकारवाला निकायहरूलाई पनि पूर्वतयारीमा जुट्न अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.