parwat hotel
Citizan

डडेल्धुराका पुनमगर राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

bhageswar small
alital janahit
lali

आलितालका मुर्तिकार महेद्र पुन मगर सम्मानित भएका छन । आज संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत राष्ट्रिय प्रज्ञा प्रतिष्ठानद्वारा वितरित विभिन्न क्षेत्रका विभिन्न विधा मध्ये ” एक ललितकला विधामा “राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७८ काे सुदूरपश्चिम प्रदेशबाट सम्मानित तथा पुरस्कृत भएका हुन । प्रधानमन्त्री शेर बहादुर देउबाको उपस्थितमा बितरित भएको सम्मान कार्यक्रममा विभिन्न बिधा अन्तर्गत १४ जनालाई सम्मानित गरिएको थियो।डडेल्धुरा जिल्ला आलिताल गाउँ पालिका -३ चनला घर भएका पुनमगर एक कुशल अदूरदर्शी क्षमतावान संघर्षशील सक्षम साथसाथै अपार कलाका धनी व्यक्तित्व पुनमगरले विभिन्न खालका आकर्षक मुर्तीहरु बनाउने गर्छन । साथै गाउँ समाज देश तथा विदेशमा आफ्नो नामका साथै पहिचान चिनाउन सफल देशका एक गहना नै हुन । उनले स्वर्गीय पुर्व मन्त्री रबिन्द्र अधिकारीको आकर्षक मुर्ति बनाएर चर्चा कमाएका थिए । अहिले उनले साना देखि ५५ फिट उचाई भएको मुर्ति सम्म आकर्षक रुपमा बनाएर आफ्नो कला देखाइ सकेका छन् । उनले अहिले काठमाण्डुमा आफ्नै मुर्ती पसल खोलेर ब्यबसाय गरिरहेका छन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.