सुदूरपश्चिम सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

sc mahendra

काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको हुँदा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सक्रियता देखिएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिमसहित देशका अन्य प्रदेशमा सामान्यतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सुदूरपश्चिम प्रदेशसहित देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले भारी वर्षाका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.