सुदूरपश्चिम सहित यी भूभागमा धेरै भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै कायम रहेको छ।

हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको विभागले जनाएको छ। सुदूरपश्चिमलगायत पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागले विभिन्न भूभागमा भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम उच्च भएकाले सतर्कता र पूर्वतयारी गर्न सबैलाई अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.