देशभर मनसुनी प्रभाव, केही ठाउँमा भारी वर्षाको सम्भावना

sc mahendra

काठमाडौं — हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न भूभागमा वर्षा भइरहेक‍ो महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य ठाउँमा आंशिक बदलीदेखि मौसम प्रायः सफा रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सबै प्रदेशका पहाडी भेगका केही स्थान र अन्य भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी र सुदूरपश्चिमका एकदुई ठाउँमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.