बैतडीमा जीप दुर्घटना, दुईको मृत्यु, छ घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जीप शनिबार बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

दुर्घटनामा जीपमा रहेका अन्य छ जना घाइते भएका छन्। जीप सडकबाट करिब १०० मिटर तल भिरमा अड्किएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.