
काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

यसअघि कार्यकारिणी समितिले नै समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि केही दिनसम्म निर्णय कार्यान्वयनमा ढिलाइ भएको थियो। भेटवार्तामा भूमि विधेयक र सत्ता सहकार्यबारे छलफल भए पनि जसपाले भूमि विधेयकमा आफ्नो अडान नछाड्ने स्पष्ट पारेको थियो।

प्रधानमन्त्री ओली र सभापति देउवाले संवादबाट समस्या समाधानको प्रयास गरे पनि जसपा नेपालले अडान कायम राख्दै समर्थन फिर्ता लिने निर्णयलाई संसदीय दलबाट अनुमोदन गराएको हो।



