सुदूरपश्चिम सहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं — सुदूरपश्चिम प्रदेशसहित देशका केही स्थानहरूमा रातिदेखि नै वर्षा भइरहेको छ। बिहानपख कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा ठूलो पानी परे पनि अहिले भने वर्षा केही कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Dadeldhura Hospital

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै राति गण्डकी प्रदेशका केही स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.