देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

साउन १३ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकोले देशभर सामान्य बदलीको अवस्था रहेको छ।

Dadeldhura Hospital

कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

राति लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदलीको सम्भावना छ। वर्षासँगै चट्याङ पर्ने सम्भावना भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.