सुदूरपश्चिमसहित यी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
आज दिउँसो देशभर पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण जनजिवन प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.