अमरगढी नगरको सार्वजनिक सुनुवाइ सम्पन्न, ९६% पुँजीगत बजेट खर्च

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ बिहीबार सम्पन्न गरेको छ।नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायका अनुसार सो अवधिमा ५५ करोड १६ लाख बराबरको खर्च भएको र पुँजीगततर्फ ९६% तथा चालुतर्फ ८२% बजेट खर्च भएको छ। नगरपालिकाले एक करोड ५१ लाख राजस्व संकलन गरेको पनि उनले जानकारी दिए।

सार्वजनिक सुनुवाइमा सडक स्तरोन्नति, फोहोरमैला व्यवस्थापन, बागबजार सडक सुधार, सदरमुकामका विभिन्न स्थानमा सिसिटिभी जडान, औद्योगिक ग्राम सञ्चालन, शैक्षिक सुधार, बेरुजु घटाउने लगायतका सुझावहरू आएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख डिल्लीराज जोशीले पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले फोहोर व्यवस्थापन र बजार व्यवस्थापन तत्काल समाधान गर्नुपर्ने मुख्य समस्या भएको बताए। साथै, नगरको सकारात्मक कार्यको प्रचारप्रसार कम हुने र नकारात्मक टिप्पणी बढी हुने गुनासो गर्दै, आगामी एक–दुई वर्षमा व्यापक विकास हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि सुझाव प्रस्तुत गरेका थिए।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.