धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृतक २० वर्षीय युघिस्टर बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शुक्रवार आफ्नै घर नजिकै हल्दुको रुखमा हाँगा काट्ने क्रममा नजिकैको हाइटेन्सन लाइन छोइएपछि बुढामगर गम्भीर घाइते भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
