डडेल्धुराको अजयमेरुमा वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा– अजयमेरु गाउँपालिका–२ चमडामा भदौ १८ देखि २१ गतेसम्म ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ।

वडाध्यक्ष शिवराज भट्टका अनुसार ऐतिहासिक अजयमेरुकोट पुनर्निर्माण, अनारखेती र भटमास उत्पादन प्रवर्द्धन, साथै धार्मिक–पर्यटकीय स्थल र मौलिक संस्कृतिको संरक्षण महोत्सवको मुख्य उद्देश्य हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डडेल्धुरा किसानका लागि महत्वपूर्ण सूचना :

Dadeldhura Hospital

चार दिनसम्म चल्ने महोत्सवमा करिब एक लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, गौरा नाचसहित चैत, फाग, हुणकेलीजस्ता मौलिक संस्कृति देखाइनेछ।

त्यससँगै वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने छ, जसको प्रथम पुरस्कार रु. ७०,७७७, द्वितीय रु. ३०,३३३ र तृतीय रु. १५,५५५ रहनेछ।

महोत्सव सहश्रलिङ्ग मावि चमडाको खेलमैदानमा हुने आयोजकले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.