आलिताल गाउँपालिकामा भोली भव्य देउडा कार्यक्रम हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : बहुकला सांस्कृतिक संरक्षण प्रतिष्ठानले गौरा पर्वको अवसरमा भोली (१४ भदौ)मा शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम आयोजना गर्ने भएको छ।

Dadeldhura Hospital

प्रतिष्ठानका अध्यक्ष तारा सिंह बिष्टका अनुसार यस वर्षको गौरा पर्वलाई अझ स्मरणीय बनाउन उद्देश्यपूर्वक कार्यक्रम आयोजना गर्न लागिएको बताए। उनका अनुसार देउडा केवल मनोरञ्जनको माध्यम मात्र नभई यहाँको मौलिक संस्कृति, सामाजिक समन्वय र सामुदायिक ऐक्यबद्धताको प्रतीक भएकाले यसको संरक्षण तथा प्रवर्द्धन गर्न समेत कार्यक्रमले सहयोग पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्थानीय संस्कृतिको जगेर्ना र संरक्षणमा निरन्तर सक्रिय रहँदै आएको बहुकला सांस्कृतिक संरक्षण प्रतिष्ठानले यस पटकको कार्यक्रम मार्फत नयाँ पुस्तालाई देउडाको महत्व बुझाउने, सांस्कृतिक चेतना अभिवृद्धि गर्ने तथा सामूहिक सहभागितामार्फत स्थानीय सीप, कला र परम्परालाई अझै बलियो बनाउन खोजेको जनाएको छ। कार्यक्रममा शुभकामना आदान–प्रदान, देउडा गीत तथा स्थानीय सांस्कृतिक प्रस्तुति रहनेछन्।

कार्यक्रमलाई भव्य र सफल बनाउन प्रतिष्ठानले देउडाप्रेमी सम्पूर्ण समुदाय, विभिन्न सामाजिक संघसंस्था, सांस्कृतिक अभियन्ता आलिताल गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र स्थानीयवासीलाई उपस्थितिका लागि हार्दिक आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.