बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी – जिल्लाको पाटन नगरपालिका–७ दनखोलामा सोमबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृतक ५४ वर्षीया पार्वती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

Dadeldhura Hospital

प्रहरीका अनुसार जंगली जनावर मार्ने उद्देश्यले मकैबारीमा थापिएको विद्युत् पासोमा परेर भट्टको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे आफन्तले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.