डडेल्धुराको लाटागन्याप ‘शिखर जात’ भदौ २० गते लाग्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा  : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित महाभारत वनक्षेत्रको घना जंगलभित्र पर्ने प्रसिद्ध लाटागन्यापको ‘शिखर जात’ आगामी भदौ २० गते शुक्रबार राति हुने भएको छ।

Dadeldhura Hospital

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीको राति लाग्ने यो धार्मिक मेला विशेष आस्था, परम्परा र गौरवका साथ मनाइँदै आएको छ। जातमा सहभागी भक्तजनले गणेपानी खोलामा हातखुट्टा धोएर यात्रालगायत पूजाआजा सुरु गर्ने परम्परा छ। त्यसपछि दूध, अगरबत्ती र फूलपाती चढाएर शिखरको ‘ठूलो ढुंगा’मा पूजा गर्ने चलन रहिआएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिहानै यात्रा सुरु गर्ने भक्तजन बेलुकी करिब ७–८ बजेतिर मात्र शिखर पुग्ने गर्छन्। यस अवसरमा गन्यापधुराका मालिगाउँ, रुमायल, जैसेरा, रेलगाउँसहित डोटीका थप्सा र बानी डुग्रेसैनबाट देउरो आउने परम्परा छ। देउरो आउँदा दाइन, दमाहा र भोक्कर बजाइन्छ भने दमाहा बजाउने अधिकार केवल दमाई जातिकै मानिन्छ।
मेला भर्न आउने भक्तजनले एक साताअघि देखिनै शुद्ध खानेकुरा खान थाल्ने गर्छन्। यसरी चोखो खाना खाएर शुद्ध मनले सहभागी भए मागेको वरदान पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। मेला अवधिभर माछा, मासु र मदिरा पूर्ण प्रतिबन्धित गरिएको छ।

मेलामा देउडा, फाग, चैत र धुमारीजस्ता गीत गाइन्छन्, जसमा लाटागन्याप देवताको गाथा गाइन्छ।
स्थानीय किंवदन्ती अनुसार रुमायल गाउँका आदि पुरुष फुल भाटले पत्नीका साथ द्यौझालको जंगलमा तपस्या गर्दा भगवान् पहेँलो सर्पको रूपमा प्रकट भएका थिए। फुल भाटकी पत्नीले सर्पलाई धानको भकारीमा राखेपछि उनको घरमा अन्नको अभाव कहिल्यै भएन। तर एकपटक देवताको अपमान भएपछि सर्प शिखरको शिलामा पुगेर बिलीन भए र त्यहीँ भाट दम्पतीले पनि मुक्ति पाएको विश्वास रहिआएको छ।
आजसम्म पनि शिखरको ‘ठूलो ढुंगा’मा नागदेवताले हिँडेको छाप देख्न सकिन्छ भन्ने स्थानीयको भनाइ छ।
गन्यापधुरा गाउँपालिकाले मेलाको अवसरमा यही भदौ २० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.