डडेल्धुराको अमरगढी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी

sc mahendra

डडेल्धुरा, २५ भदौ : डडेल्धुराको अमरगढी नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा थप गरी अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सुरक्षा संवेदनशीलता र शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) अनुसार कर्फ्यु आदेश जारी गरेको हो। हिजो राति १० बजेदेखि आज बिहान ५ बजेसम्म निषेधाज्ञा जारी भए पनि, आज बिहान ६ बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु निरन्तर लागू रहने प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको आदेशअनुसार कर्फ्यु अवधिभर चार किलोमिटरको परिधिभित्र सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना तथा सर्वसाधारणको आवतजावत पूर्ण रुपमा निषेध गरिएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू:

अमरगढी नगरपालिका वडा नं. ५ अन्तर्गत बागबजार, तुफानडाँडा र जिल्ला प्रहरी कार्यालय वरपरको क्षेत्र

वडा नं. ४ अन्तर्गत जिल्ला प्रशासन कार्यालयदेखि टुडीखेलसम्मको क्षेत्र

वडा नं. ८ अन्तर्गत किर्तिपुर आसपासको क्षेत्र

You might also like
Leave A Reply

Your email address will not be published.