बझाङमा बजार अनुगमनमा तिव्रता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

रमेश बहादुर सिंह बझाङ : दशैं–तिहार पर्वलाई लक्षित गर्दै जिल्ला घरेलु तथा साना उद्योग कार्यालय बझाङले बजार अनुगमनमा तिव्रता दिएको छ। पर्वका बेला उपभोक्तामाथि कालोबजारी र मूल्यवृद्धि जस्ता समस्या बढ्ने सम्भावना रहेकाले अनुगमन कडाइ गरिएको कार्यालय प्रमुख मानबहादुर धामीले जानकारी दिनुभयो।

Dadeldhura Hospital

उनका अनुसार अनुगमन टोलीले दैनिक उपभोग्य सामग्री, मिठाई, मासु तथा किराना पसलमा मूल्य, म्याद र गुणस्तर सम्बन्धी विषयलाई प्राथमिकताका साथ जाँच गर्नेछ। बजारमा नाफाखोरी, कालोबजारी र उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उहाँले सबै व्यवसायीलाई निष्पक्ष मूल्य निर्धारण गर्न आग्रह गर्दै उपभोक्ताहरूलाई पनि शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ। पछिल्लो समयमा घरेलु तथा साना उद्योग कार्यालय बझाङले जिल्लामा म्याद गुज्रिएका सामानहरु लाई कडाइका साथ अनुगमन गर्ने थालेपछि अहिले जिल्ला मा न्युन मात्रामा मात्र त्यस्ता सामग्री भेटिने गरेको पाइन्छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.