डडेल्धुरा : आलिताल गाउँपालिकामा पालिका स्तरीय अध्यक्ष कप भलिबल तथा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। पालिकाको आयोजना र खेलकुद विकासका उद्देश्यले गर्न लागिएको उक्त प्रतियोगिता असोज २७ गतेदेखि सुरु हुने जनाएको छ।
गाउँपालिकाका सूचना अधिकारी नवराज ओझाका अनुसार असोज २७ गते पुरुष क्रिकेट प्रतियोगिताको सुरुवात हुनेछ भने असोज २८ गतेदेखि पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुने छ।
प्रतियोगिताको विस्तृत जानकारी र कार्यक्रम विवरण भने भोली सार्वजनिक गरिने आलिताल गाउँपालिकाले जनाएको छ।