बुडर–जोगबुडा क्षेत्रमा भोलि दिनभर विद्युत् आपूर्ति बन्द हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, असोज २४ , नेपाल विद्युत् प्राधिकरण, डडेल्धुरा वितरण केन्द्रले असोज २५ गते (शनिबार) डोटीको गैरा बजार,जोरायल, बुडर र बुडर–जोगबुडा क्षेत्रका उपभोक्ताहरूलाई दिनभर विद्युत् आपूर्ति बन्द रहने जानकारी दिएको छ।

Dadeldhura Hospital

वितरण केन्द्रका अनुसार सो दिन बुडर र जोगबुडा सब–स्टेशनसँग सम्बन्धित ३३ केभी प्रसारण लाइनमा हुने मर्मत तथा बुस कटिङ कार्यका कारण बिहान ९ बजे देखि बेलुकी ५ बजेसम्म विद्युत् आपूर्ति रोक्ने जानकारी दिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डडेल्धुरा वितरण केन्द्रले उपभोक्ताहरूलाई आवश्यक वैकल्पिक तयारी गर्न अनुरोध गर्दै मर्मत कार्यका कारण हुने असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, यदि कार्य समयभन्दा अघि सम्पन्न भएमा विद्युत् आपूर्ति तोकिएको समयभन्दा पहिल्यै पुनः सञ्चालन हुने पनि प्राधिकरणले जनाएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.