स्वतन्त्र सांसद डा. तारा जोशी ‘उज्यालो नेपाल पार्टी’मा आबद्ध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङसँग आबद्ध ‘उज्यालो नेपाल पार्टी’मा डडेल्धुराका प्रदेशसभा–२ का स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशी औपचारिक रूपमा प्रवेश गरेका छन्।

पार्टी स्रोतका अनुसार, डा. जोशीलाई पार्टीको वरियता क्रम–२ मा राखिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

साउन २७ गते मानबहादुर तामाङको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टी हाल पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठित भएको छ। पार्टीले ५१ सदस्यीय कार्यसमितिको विवरण आयोगमा पेस गरेको छ, जसलाई जितराम वाइबाले बुझाएका हुन्।

मन्त्री पदमै रहेका कुलमान घिसिङ हाल औपचारिक रूपमा कार्यसमितिमा नरहेका तर आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनअघि सक्रिय नेतृत्व सम्हाल्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

आयोगमा पेस गरिएको अध्यावधिक सूचीमा डा. जोशीसँगै प्रा। डा। महेन्द्र लावती, सञ्चारकर्मी रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत र टासी ल्हाजोमलगायतका नाम समावेश छन्।

पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ‘बिजुलीको चिम’ चुनाव चिन्ह मागेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.