डडेल्धुरा – नवदुर्गा गाउँपालिका–५ चामामा अवस्थित प्रसिद्ध धार्मिक स्थल समैजी मन्दिरमा यस वर्ष पनि भव्य जात्रा तथा मेला लाग्ने भएको छ। आगामी मंसिर १३ गते शनिबार राति रतेडी तथा मंसिर १४ गते आइतबार दिउँसो एडी आयोजना हुने स्थानीय युवा सुरेन्द्र विष्टले जानकारी दिए।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि समैजी मेलामा डडेल्धुरा, डोटी, बैतडी र बझाङलगायत आसपासका जिल्लाबाट हजारौँ भक्तजन आगमन हुने अपेक्षा गरिएको छ। मन्दिर अवस्थित **चामा क्षेत्रलाई ‘देवताको राजधानी’**का रूपमा मान्ने जनविश्वास रहेको विष्टले बताए।
मेलालाई शान्तिपूर्ण, सभ्य र भव्य बनाउन मेला व्यवस्थापन समितिले सबै भक्तजनमा सहयोगको आग्रह गरेको छ। मेलाको मुख्य आकर्षण चोलो, धामी–झाँक्रीहरूको नाच तथा सोही अवसरमा हुने नयाँ धामी सच्याउने परम्परा रहनेछ।