डडेल्धुरामा नयाँ सीडीओ, शान्ति–सुरक्षा र सुशासनलाई प्राथमिकता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुरा पुगेका नयाँ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जिल्लाको शान्ति–सुरक्षा, सुशासन र सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यलाई आफ्नो पहिलो एजेन्डा घोषित गरेका छन्। आइतबार पत्रकारहरूसँगको परिचयात्मक छलफलमा उनले प्रशासनलाई “कमजोरीरहित र परिणाममुखी” बनाउने अठोट दोहोर्याए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भोजपुरका सहसचिव कोइराला केही दिनअघि मात्र डडेल्धुरामा कार्यभार सम्हालेका हुन्। उनले जिल्लामा देखिएका सुस्त सेवाप्रवाह, समन्वय अभाव, लागूपदार्थको समस्या तथा आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै प्रशासनिक सक्रियता अझै बढाइने जानकारी दिए।
उनका अनुसार आगामी निर्वाचनका सबै तयारी कागजी रूपमा अघि बढिरहेका छन् भने म्यादी प्रहरी भर्ना प्रक्रिया समेत सुरु गरिएको छ।

Dadeldhura Hospital

सातै पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको दयनीय अवस्थाबारे बोल्दै सीडीओ कोइरालाले मर्मतका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गरिने स्पष्ट पार गरे। उनले राजमार्गको बिग्रिएको अवस्थाले जनजीवन मात्र होइन, प्रशासनिक कामकारवाहीमा समेत प्रभाव पारिरहेको बताए।
कार्यक्रममा पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले डडेल्धुरा भौगोलिक रूपमा सानो तर जनसंख्या हिसाबले संवेदनशील जिल्ला भएकाले प्रशासनले विशेष सावधानीपूर्वक काम गर्नुपर्ने सुझाव दिए।
उनले सरकारी कार्यालय र स्थानीय तहले मिडियालाई बजेट नदिने, असारमै भुक्तानी गर्ने प्रवृत्तिले मिडिया हाउसहरू कमजोर हुँदै गएको समस्या पनि उठाए।

“सीडीओले राजनीतिक प्रभावबाट मुक्त भएर काम गरे परिणाम स्पष्ट देखिन्छ,” सिंहले भने। उनले प्रशासन–मिडिया समन्वय बलियो भएमा पारदर्शिता स्वतः बढ्ने टिप्पणी गरे।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य उत्तर बिष्टले डडेल्धुरालाई सात पहाडी जिल्लाको केन्द्रका रूपमा लिएर प्रशासनले झनै जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा राखे।
चुनावलाई स्वच्छ, मर्यादित र भयरहित बनाउन प्रशासन निर्णायक रूपमा सक्रिय हुनुपर्ने उनले बताए।

डडेल्धुरा तराई नजिक रहेको कारण यहाँ लागूपदार्थको जोखिम बढ्दो क्रममा रहेको उल्लेख गर्दै बिष्टले यसलाई नियन्त्रण गर्न कडाइ अपनाउन प्रशासनलाई आग्रह गरे।
“प्रशासनले सबै नागरिकलाई एउटै दृष्टिले हेर्नुपर्छ, दृष्टिकोण फरक पर्‍यो भने समस्या स्वाभाविक रूपमा बढ्छ,” उनले चेतावनी दिए।

पत्रकारहरूले पनि सूचनाको युगमा समयमै जानकारी उपलब्ध गराउने वातावरण प्रशासनले तयार गर्नुपर्ने आवश्यकता औंल्याए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.