आलिताल–८ मा एकै दिन दुई विद्यालयका १३० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिका वडा नं. ८ कार्यालयले वडा भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ। सोही कार्यक्रमअन्तर्गत वडा कार्यालयले एकै दिन दुई वटा विद्यालयका १ सय ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वडा कार्यालयले दुर्गा माध्यमिक विद्यालयका १ सय जना तथा जनज्योती आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई झोला, कापी, डटपेन लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो। वडा अध्यक्ष धनबहादुर देउवाका अनुसार जेहेन्दार, विपन्न, अनुशासित तथा नियमित विद्यार्थीहरूलाई लक्षित गरी सामग्री वितरण गरिएको हो।

Dadeldhura Hospital

वडा सचिव मीना थापामगरका अनुसार यसअघि नै शिवलिङ्ग प्राथमिक विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकिएको छ। साथै बाँकी रहेका समैजी आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई पौष १८ गते शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको उनले जानकारी दिइन्।

वडा कार्यालयले वडा भित्रका विद्यालयमा अध्ययनरत करिब २ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य राखेको छ। उक्त लक्ष्यअनुसार चरणबद्ध रूपमा सामग्री वितरण भइरहेको वडा कार्यालयले जनाएको छ।

यसअघि पनि वडा कार्यालयले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्ष विद्यालयहरूमा एकरूपता कायम गर्ने उद्देश्यले विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको थियो।

स्थानीयवासी, अभिभावक तथा विद्यालय प्रशासनले वडा कार्यालयको यस पहलले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रमा यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.