ब्लड क्यान्सर पीडित हरि बोहराको उपचारका लागि सहयोगको अपिल

sc mahendra

डडेल्धुरा : परशुराम नगरपालिका -९, सतघाट निवासी हरि बोहरा हाल काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत रहनु भएको छ। चिकित्सकको परीक्षणपछि उहाँलाई ब्लड क्यान्सर (Blood Cancer) भएको पुष्टि भएको छ र थप उपचारका लागि ठूलो रकम आवश्यक परेको छ।
परिवारको एक्लो छोरा रहेका बोहराको काँधमा घरपरिवारको सम्पूर्ण जिम्मेवारी थियो। उहाँका तीन जना साना छोरा रहेका छन्। तर अचानक गम्भीर रोगले थलिँदा परिवार आज आर्थिक तथा मानसिक संकटमा परेको छ।
यस कठिन परिस्थितिमा बोहरा परिवारलाई उपचार खर्च जुटाउन अत्यन्तै समस्या भएको भन्दै परिवारजनले सबै दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा सहयोगी मन भएका महानुभावहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गरिदिन हार्दिक अपिल गरेका छन्।
परिवारजनका अनुसार, सानो सहयोगले पनि एउटा जीवन मात्र होइन, तीन साना बालबालिकाको भविष्य जोगाउन ठूलो भूमिका खेल्न सक्छ।
पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्न चाहने महानुभावहरूका लागि QR कोडमार्फत सहयोग गर्ने व्यवस्था गरिएको जानकारी गराइएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.