दुर्गा माध्यमिक विद्यालयको ५५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाइने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ डोलामा अवस्थित दुर्गा माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ।

कार्यक्रम फागुन १ गते विभिन्न गतिविधिसहित आयोजना गरिनेछ।
वि.सं. २०२७ सालमा स्थापना भएको उक्त विद्यालयले लामो समयपछि वार्षिक उत्सव आयोजना गर्न लागेको हो। देशका दुर्गम भूभागमा शिक्षा पुर्‍याउने उद्देश्यसहित केही शिक्षाप्रेमी, समाजसेवी तथा अग्रजहरूको साझा पहलमा विद्यालय स्थापना भएको थियो।
विद्यालयले शैक्षिक क्षेत्रसँगै खेलकुदमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ। नियमित अभ्यास र उत्कृष्ट प्रदर्शनका कारण दुर्गा माध्यमिक विद्यालय पालिकाकै अग्रणी विद्यालयका रूपमा परिचित हुँदै आएको छ।
वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूका लागि विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने विद्यालयका प्रधानाध्यापक मानबहादुर रावतले जानकारी दिनुभयो। उहाँका अनुसार माघ २८ गते वक्तृत्वकला, हाजिरीजवाफ तथा भलिबलजस्ता खेलकुद कार्यक्रमहरू अन्तर–सदनात्मक रूपमा सञ्चालन भइरहेका छन्। साथै विद्यालय स्थापनामा योगदान पुर्‍याएका व्यक्तित्व, उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको उहाँले बताउनुभयो।
त्यसैगरी फागुन १ गते औपचारिक समारोह आयोजना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर देउबाले जानकारी दिनुभयो। उक्त कार्यक्रममा डडेल्धुरा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख खडक महता प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको पनि उहाँले बताउनुभयो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.