आलिताल- ८ का २० महिलालाई ४५ दिने डल कुशन तालिम सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : महिलाहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ८ मा ४५ दिने डल कुशन (Doll Cushion) बनाउने तालिम सुरु गरिएको छ।

शिव विकास तालिम केन्द्र को आयोजना तथा वडा नं. ८ को समन्वय र व्यवस्थापनमा सञ्चालनमा आएको उक्त तालिममा २० जना महिलाको सक्रिय सहभागिता रहेको छ। बुधवारदेखि औपचारिक रूपमा सुरु भएको तालिम आगामी ४५ दिनसम्म सञ्चालन हुने जनाइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

तालिमको उद्देश्य महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै आयआर्जनमा जोड्ने र आत्मनिर्भर बनाउने रहेको छ। कार्यक्रममा बोल्दै वडा अध्यक्ष धन बहादुर देउवा ले यस्ता तालिमहरूले महिलाको आर्थिक सशक्तीकरणमा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यसअघि पनि वडामा विभिन्न सीपमूलक तालिमहरू सफलतापूर्वक सञ्चालन भइसकेको जानकारी दिँदै आगामी दिनमा अझ यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

Dadeldhura Hospital

तालिममा प्रशिक्षकको रूपमा गणेशी चौधरी रहेकी छन्। उनले सहभागीहरूलाई व्यवहारिक र उपयोगी सीप प्रदान गर्दै आफूले हासिल गरेको ज्ञान र अनुभव पूर्ण रूपमा बाँड्ने प्रतिबद्धता व्यक्त गरिन्।

स्थानीय महिलाहरूले पनि तालिमप्रति उत्साहजनक सहभागिता जनाएका छन्। उनीहरूले यस तालिमले आफूहरूलाई घरमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

यस प्रकारका सीपमूलक तालिमहरूले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूको जीवनस्तर सुधार गर्न, आत्मविश्वास बढाउन र साना उद्यम सञ्चालनतर्फ प्रेरित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.