डडेल्धुरामा महिला सशक्तीकरणका लागि ७ दिने उद्यमशीलता तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : महिलाहरूको सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण तथा आत्मनिर्भरता कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको ७ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।
नवदुर्गा गाउँपालिका–३ डाँडावनमा चैत १२ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको उक्त तालिम सामाजिक विकास कार्यालय, डडेल्धुराको आयोजनामा सम्पन्न गरिएको हो।
तालिमका क्रममा सहभागी महिलाहरूलाई नेतृत्व विकास, तरकारी खेती, पशुपालन तथा पशुरोग व्यवस्थापनजस्ता व्यावहारिक र आयआर्जनसँग जोडिएका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

Dadeldhura Hospital


सहभागी बसन्ती बिकले तालिमबाट नेतृत्व र नेताबीचको भिन्नता स्पष्ट रूपमा बुझ्न पाएको उल्लेख गर्दै कृषि र पशुपालनसम्बन्धी ज्ञानले आफूहरूलाई आत्मनिर्भर बन्न थप हौसला मिलेको बताइन्।
त्यस्तै बागमती भट्टले बचत गर्ने बानी, सूचना प्राप्त गर्ने तरिका तथा गुनासो व्यवस्थापन सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको बताइन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले सिकेका सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै महिलाहरूलाई आफ्नै सफलताको कथा सिर्जना गर्न प्रेरित गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नवदुर्गा गाउँपालिका–३ का वडाध्यक्ष भक्तबहादुर कठायतले सबैले नेतृत्वको होड नगरी सक्षम र जिम्मेवार नेतृत्व विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्र यसको वास्तविक उपलब्धि देखिने बताए।
सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मिनबहादुर लामिछानेले यस्ता तालिमले महिलाहरूको आत्मविश्वास बढाउने र आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।


उक्त तालिमले स्थानीय महिलाहरूको सीप, आत्मविश्वास तथा आयआर्जन क्षमतामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.