आलिताल गाउँपालिकाका विकास योजना अधुरै, ठेकेदारको लापरवाही मुख्य कारण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिका अन्तर्गत सञ्चालन भएका केही महत्त्वपूर्ण विकास आयोजनाहरू अझैसम्म सम्पन्न हुन नसकेको तथ्य सार्वजनिक भएको छ। गाउँ कार्यपालिकाको कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको विवरण अनुसार विभिन्न योजना ठेकेदारको लापरवाहीका कारण अधुरै अवस्थामा रहेको जनाइएको छ।
प्रशासन कार्यालयले जिल्ला भरीका ७ स्थानीय तह लगायत बिभिन्न कार्यालयहरुलाई अलपत्र परेका योजनाको विवरण माग गरेको थियो सोही अनुसार पालिकाले तीन योजना अलपत्र परेको विवरण उपलब्ध गराएको हो ।
गाउँपालिकाका अनुसार समयमै सम्पन्न हुनुपर्ने योजनाहरू निर्धारित अवधि बितिसक्दा पनि पूर्ण हुन नसकेको बताएको छ । योजना समयमै सम्पन्न हुन नसक्दा स्थानीयस्तरमा विकास कार्य प्रभावित भएको छ भने जनताले अपेक्षित सेवा र सुविधा पाउन नसकेको अवस्था देखिएको छ।
प्राप्त विवरणअनुसार अधुरा रहेका योजनाहरूमा प्रशासनिक भवन निर्माण, सुनखोला–जुङ्गेखोला नदी नियन्त्रण कार्य र १० शैयाको अलिताल स्वास्थ्य चौकी भवन निर्माण रहेका छन्।


प्रशासनिक भवन निर्माण कार्य हालसम्म करिब ५५ प्रतिशत मात्र सम्पन्न भएको छ यो योजनाको अन्तिम समय २०८३ जेष्ठ २० गते सकिदै छ । भने अन्य दुई योजना करिब १० प्रतिशत मात्र काम भएको बताइएको छ । जसको २०८३ अषाढ महिनामा म्याद सकिदैछ । गाउँपालिकाले यी योजनाहरू समयमै सम्पन्न हुन नसक्नुमा ठेकेदारको लापरवाही मुख्य कारण रहेको उल्लेख गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital
अलपत्र प्रशासनिक भवन

योजनाहरू सम्पन्न गराउनका लागि पालिकाबाट पटक–पटक ठेकेदारलाई पत्राचार गरिए पनि अपेक्षित सुधार नआएको गाउँपालिकाले जनाएको छ। यस विषयमा थप आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरिएको पनि पत्रमा उल्लेख छ।
स्थानीयवासीले भने विकास आयोजनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै सम्बन्धित निकायलाई समयमै काम सम्पन्न गराउन आग्रह गरेका छन्।

    अलितालगाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्र

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.