टिम अस्पताल डडेल्धुरामा बैशाख १२ गते विशेषज्ञ चिकित्सक आउने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ५, तुफानडाँडामा चैत्र ७ गतेदेखि सेवा सुचारु गरेको टिम अस्पताल प्रा.लि.मा यही बैशाख १२ गते विशेषज्ञ चिकित्सकहरू आउने भएका छन्।

अस्पताल प्रशासनका अनुसार उक्त दिन हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डा. रमेश जोशी र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रिचा भट्टराई अस्पतालमा उपस्थित रहनेछन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सेवा सुरु गरेको एक महिनाको अवधिमा स्क्रिनिङ गरिएका बिरामीमध्ये अधिकांश बिरामीहरू हाडजोर्नी, मेरुदण्ड, नशा रोग तथा स्त्रीरोगसम्बन्धी समस्या लिएर आएको पाइएकाले दुई जना विशेषज्ञ चिकित्सक ल्याउन लागिएको अस्पताल प्रशासक सुरेन्द्र जैरुले जानकारी दिनुभयो।

अस्पतालले हरेक हप्ता विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्ने योजना बनाएको छ। साथै नियमित रूपमा २४ घण्टा ओपीडी सेवा, एक्स-रे, भिडियो एक्स-रे, नेबुलाइजर, ईसीजी, प्रयोगशाला तथा फार्मेसी सेवाहरू उपलब्ध गराउँदै आएको छ।

अस्पतालले सेवा सुचारु गरेको अवसरमा चैत्र ७ गतेदेखि ३० गतेसम्म निःशुल्क सुगर तथा किड्नी परीक्षण शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा ५३७ जनाले निःशुल्क सुगर तथा क्रेटिनिन परीक्षण सेवा लिएको अस्पतालका अध्यक्ष हरि सिंह धामीले बताउनुभयो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.