धनगढीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित आर्मी ब्यारेक नजिक ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ।

Dadeldhura Hospital

अत्तरीयाबाट धनगढीतर्फ आउँदै गरेको सु।प।प्र। ०१–००२ त ६८९९ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको सु।प।प्र। ०१–०१४ प २६२८ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा स्कुटी चालक अछामको मेल्लेख गाउँपालिका–६ का ३७ वर्षीय प्रभाकर भट्टराई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा आइतबार साँझ उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक धनगढी उपमहानगरपालिका–४ निवासी ६३ वर्षीय रामबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.