कञ्चनपुरको दोधाराचाँदनीमा धा*रिलो हतियार प्रहार गरी एक जनाको ह*त्या

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ मा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। ४५ वर्षीय लिलाराम सुनार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार सोमबार बिहान सुनार आफ्नै घरमा हत्या भएको अवस्थामा भेटिएका हुन्। घटनाबारे मृतककी श्रीमती यशोदा सुनारले नै बिहान प्रहरीलाई जानकारी गराएकी थिइन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको देखिएको छ। घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने घटनास्थलबाट चक्कु समेत बरामद गरिएको छ।

घरमा श्रीमान–श्रीमती मात्र बस्दै आएको खुलेको छ। घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.