अछामको साँफेबगरमा बोलेरो जिप दुर्घटना, चालकसहित पाँच जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
बुधवार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीको भनाइ छ।दुर्घटनामा बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ निवासी चालक टेकेन्द्र रावत घाइते भएका छन्। उनको बाँया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ की करिब ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ। सोही स्थानका ५३ वर्षीय नृप खातीको दाहिने हात र बाँया आँखामा चोट लागेको छ।

बुढीगंगा नगरपालिका–९ की ३४ वर्षीया उज्जला सेरेलाको बाँया खुट्टामा चोट लागेको छ भने ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेर उनी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.