आलिताल गाउँपालिकाद्वारा वडालाई ४५ देखि ४७ लाखसम्म बजेट सिलिङ निर्धारण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेठ १३ डडेल्धुरा : आलिताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वडा तहबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम प्रस्ताव पेश गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।

गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रअनुसार प्राप्त बजेट सिलिङका आधारमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णयबमोजिम योजना तथा कार्यक्रम छनोट गर्न आग्रह गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पत्रमा उल्लेख भएअनुसार वडा नं. १, २, ४, ५, ६ र ७ लाई चालु तर्फ ५ लाख र पूँजीगत तर्फ ४० लाख गरी कुल ४५ लाख रुपैयाँ बजेट सीमा निर्धारण गरिएको छ। त्यस्तै वडा नं. ३ र ८ लाई चालु तर्फ ५ लाख र पूँजीगत तर्फ ४२ लाख गरी कुल ४७ लाख रुपैयाँ बजेट सीमा तोकिएको छ।

गाउँपालिकाले आगामी जेठ ३० गतेभित्र योजना तथा कार्यक्रम पेश गर्न निर्देशन दिएको छ।

योजना छनोट गर्दा संघ तथा प्रदेश सरकारको नीति, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, सुशासन, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन तथा जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.