डडेल्धुरामा करेन्ट लागेर किशोरको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका-१ बन्तालका १६ वर्षीय अनिल विकको करेन्ट लागेर मृत्यु भएको छ।

शुक्रबार बेलुकी आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा राखेर चलाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीयवासीको सहयोगमा उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

मृतक अनिल भुवनेश्वरी माध्यमिक विद्यालय, आलिताल–१ हर्तोलामा कक्षा १० मा अध्ययनरत विद्यार्थी थिए। घटनाका बेला घरमा रहेका वृद्ध बाजे–बज्यै बाख्रा चराउन गएका र अनिल घरमा एक्लै रहेको बताइएको छ।

अनिलका बुवा मीनबहादुर विक र आमा निर्मला विक रोजगारीका लागि भारतमा रहेका थिए। छोराको मृत्युको खबर पाएपछि उनीहरू घर फर्किने क्रममा रहेको परिवार स्रोतले जनाएको छ। उनका एक बहिनी पनि छन्।

साँझपख हावाहुरी तथा चट्याङसहित मौसम प्रतिकूल रहेकाले घटनामा त्यसको प्रभाव हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.