डडेल्धुरामा सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता, खोजी कार्य तीव्र

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ क्षेत्रबाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बिओपी० मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। उनीहरू आपसमा मामाभान्जा नाता पर्ने बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रहरीका अनुसार शुक्रबारदेखि दुवै जना सम्पर्कविहीन भएका हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा व्यापक खोजतलास कार्य सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० बरुणबहादुर सिंहले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको जानकारी दिँदै सबै सम्भावित स्थानमा सुरक्षा निकाय परिचालन गरिएको बताए।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.