आलिताल गाउँपालिका सामाजिक सञ्जालमा सक्रिय, सूचना प्रवाहमा बढ्यो पारदर्शिता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : लामो समयदेखि निष्क्रियजस्तै बनेको आलिताल गाउँपालिकाको आधिकारिक फेसबुक पेज पछिल्लो समय पुनः सक्रिय हुन थालेको छ। गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कृष्णानन्द जोशी आएपछि सामाजिक सञ्जालमार्फत नागरिकलाई सूचना उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको देखिएको छ।

यसअघि गाउँपालिकाको नाममा सञ्चालन भइरहेको फेसबुक पेजमा नयाँ सूचना तथा गतिविधिहरू नियमित रूपमा सार्वजनिक नहुँदा स्थानीय नागरिकले पालिकामा भइरहेका निर्णय र कार्यक्रमबारे समयमै जानकारी पाउन सकेका थिएनन्। कार्यपालिका बैठकका निर्णय, विभिन्न विकास निर्माणका गतिविधि, सार्वजनिक सूचना, कोटेशन तथा खरिद प्रक्रियासम्बन्धी सूचना समेत नागरिकको पहुँचभन्दा बाहिर रहने गरेको गुनासो सुनिँदै आएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

तर पछिल्ला केही सातादेखि गाउँपालिकाले कार्यपालिका बैठकका निर्णय, विभिन्न शाखाबाट सञ्चालन भएका कार्यक्रम, जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा भएका गतिविधि, सार्वजनिक खरिद तथा कोटेशन आह्वान लगायतका सूचनाहरू नियमित रूपमा फेसबुक पेजमार्फत सार्वजनिक गर्न थालेको छ।

यसले गाउँपालिकाको कामकारबाहीबारे आम नागरिकलाई सहज रूपमा जानकारी प्राप्त हुने वातावरण बनेको छ। सामाजिक सञ्जालमा सूचना नियमित आउन थालेपछि स्थानीयवासीले पनि सकारात्मक प्रतिक्रिया जनाउन थालेका छन्। धेरैले यसलाई गाउँपालिकाले अपनाएको पारदर्शी र उत्तरदायी कार्यशैलीको संकेतका रूपमा लिएका छन्।

पालिकाको फेसबुक पेजको लिंक

Dadeldhura Hospital

https://www.facebook.com/AalitalRM/directory_links

स्थानीयवासीका अनुसार पालिकाले गर्ने हरेक महत्वपूर्ण निर्णय र कार्यक्रमको सूचना सार्वजनिक हुँदा नागरिकको सहभागिता बढ्नुका साथै जनप्रतिनिधि र कर्मचारीप्रति विश्वाससमेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ। साथै सार्वजनिक खरिद र कोटेशन सम्बन्धी सूचना खुला रूपमा प्रकाशन हुन थालेपछि प्रतिस्पर्धा र पारदर्शितामा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले गाउँपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले सूचना प्रणालीलाई सुदृढ बनाइएको बताए।

उनले भने, “हामी जनताकै सेवाका लागि यहाँ छौँ। सुशासनको एउटा महत्वपूर्ण आधार भनेको सूचना नागरिकसम्म समयमै पुर्‍याउनु हो। गाउँपालिकाका निर्णय, कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयहरू नियमित रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने हाम्रो प्रयास रहनेछ।”

स्थानीय सरकार सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र सूचना प्रवाहलाई प्राथमिकता दिँदै आलिताल गाउँपालिकाले सामाजिक सञ्जालको प्रभावकारी उपयोग थालेपछि नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ मजबुत बन्ने अपेक्षा गरिएको छ। स्थानीय तहका गतिविधिलाई खुला र पारदर्शी बनाउने यो अभ्यासलाई नागरिकहरूले सकारात्मक रूपमा लिएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.