अछाम जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाईते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछामः अछाम जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

Dadeldhura Hospital

अछामको कमलबजार नगरपालिका–७ क्वालेख स्थित भित्री कच्ची सडक खण्डमा मंगलसेनबाट क्वालेख तर्फ जादै गरेको से १ ज ६१३ नम्बरको जीप सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३४ वर्षीय कर्ण भाट गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन, अछाम लगिएकोमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। गाडीमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय बद्री भाट र १३ वर्षीय मिनबहादुर भाट घाइते भएका छन्।

उनीहरु दुबै जनाको जिल्ला अस्पताल मंगलसेन हुँदै थप उपचारको लागि सुर्खेत तर्फ रिफर गरिएको प्रहरीले जनाएको छ। गाडी चालक अछामको तुर्माखाँद गाउँपालिका ३ बस्ने बर्ष २६ को पुष्प बुढालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। गाडीमा चालकसहित ४ जना सवार रहेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.