कैलारीको वन क्षेत्रमा डमरुसहित बाघ देखिएपछि स्थानीय त्रसित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा डमरुसहितको पोथी बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। बाघले घरपालुवा जनावरसमेत मार्न थालेपछि वन क्षेत्र आसपासका बासिन्दामा थप चिन्ता बढेको छ।

स्थानीयका अनुसार कैलारी गाउँपालिका–४ स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा वडा नम्बर ६ को भगतपुरस्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमरुसहितको पोथी बाघ नियमित रूपमा ओहोरदोहोर गरिरहेको छ। यी वन क्षेत्र घुरहा नदीको वारिपारि एकै क्षेत्रमा अवस्थित छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कैलारी गाउँपालिका–४ का तीर्थराज नेपालका अनुसार वन क्षेत्र नजिकै विद्यालय रहेकाले विद्यार्थीहरूको सुरक्षाप्रति विशेष चिन्ता बढेको छ। बाघ देखिएपछि विद्यालय परिसर आसपासका झाडीहरू सफा गर्ने कामसमेत गरिएको उनले जानकारी दिए।

हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिकी सचिव सुनिताकुमारी चौधरीले बाघले हालसम्म दुई वटा गोरु र एउटा बँदेल मारेको बताइन्। उनका अनुसार भगतपुरका स्थानीयले बाघलाई आफ्ना डमरुसहित घुरहा नदी वारपार गरिरहेको अवस्थामा देखेका छन्।

Dadeldhura Hospital

यसैबीच, वनमा हराएको गाई खोज्न गएका के गाउँका चन्द्रकला नेपाल र उहाँका छोरा नीरज नेपालको बाघसँग नजिकै जम्काभेट भएको थियो। चन्द्रकलाले बाँसको झाडी नजिक बाघ देखेपछि आफू डरले चिच्याएको बताइन् भने नीरजले बाघका केही तस्बिर खिचेर सुरक्षित रूपमा घर फर्किएको जानकारी दिए।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त क्षेत्रमा विगतदेखि नै पाटेबाघको आवागमन हुने गरेको अभिलेख छ। स्थानीयका अनुसार दुधुवामा बाघको सङ्ख्या बढी भएकाले पोथी बाघले आफ्ना डमरु सुरक्षित रूपमा हुर्काउन बसन्ता जैविक मार्ग हुँदै विभिन्न सामुदायिक वन क्षेत्रमा ल्याउने गरेको छ। मोहना र घुरहा नदी किनार हुँदै बाघहरू दुधुवाबाट नेपालतर्फ प्रवेश गर्ने गरेको जनाइएको छ।

सामुदायिक वन क्षेत्र आसपास विद्यालय र बस्ती रहेकाले स्थानीयले बाघको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्याप जडान गर्न डिभिजन वन कार्यालयसँग माग गरेका छन्।

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले उक्त क्षेत्रमा बाघ देखिएको विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताए। तर बाघको उपस्थितिको पुष्टि भए आवश्यक सतर्कता अपनाउन र स्थानीयलाई सचेत गराउन पहल गरिने उनले उल्लेख गरे।

स्थानीयका अनुसार बाघ हुलाकी राजमार्ग अन्तर्गत घुरहा नदीको पुल क्षेत्रदेखि उत्तरतर्फको वन तथा नदी किनार आसपास सक्रिय देखिएको छ। त्यस क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैबीच, सयपत्री सामुदायिक वन उपभोक्ता समितिका सचिव नरेन्द्र थारुले डमरुसहितको पोथी बाघलाई पछ्याउँदै एउटा भाले बाघ पनि उक्त क्षेत्रमा आएको दाबी गरे। उनका अनुसार भाले बाघको आगमनपछि पोथी बाघ आफ्ना डमरुसहित मोहनपुरतर्फको वन क्षेत्रमा सरेको छ। गोरखापत्रबाट

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.