डोला गाउँलाई ‘इको–भिलेज’का रूपमा विकास गर्न सम्झौता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित डोला गाउँलाई वातावरणमैत्री गाउँ (इको–भिलेज) का रूपमा विकास गर्ने उद्देश्यले हिजो बिहिबार धनगढीमा महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

आलिताल गाउँपालिका र किसान बहुउद्देश्यीय सहकारी संस्था बीच सम्पन्न सम्झौतामा गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्की तथा सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले हस्ताक्षर गर्नुभएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सम्झौता कार्यक्रममा सहकारी संस्थाका सञ्चालकहरू सरोज कुमार शाह र मनिराम न्यौपाने, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीका मुख्य स्वकीय सचिव प्रयागराज खनाल, आलिताल गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल(बोहरा) वडा नं. ८ का वडा अध्यक्ष धन बहादुर देउबा तथा पूर्व प्रदेश सांसद कुन्ती जोशी लगायतको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार डोला गाउँलाई वातावरण संरक्षण, हरित विकास, स्वच्छ ऊर्जा, दिगो कृषि तथा स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगमा आधारित नमुना इको–भिलेजका रूपमा विकास गरिनेछ। यस पहलले ग्रामीण विकास, पर्यावरणीय संरक्षण तथा स्थानीय समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

डोला गाउँलाई समृद्ध, स्वच्छ, हरित र दिगो विकासको नमुना गाउँका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढाइएको यस अभियानमा सबै सरोकारवाला पक्षको सहकार्य र सहभागिताको अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.