फाप्ला पुगे पूर्वाधार विकास मन्त्री लम्साल, निर्माणको गति बढाउन दिए निर्देशन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी  : नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शुक्रबार धनगढीस्थित निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेज परियोजनाको स्थलगत निरीक्षण गरेका छन्। उनले परियोजनाको प्रगति, निर्माणको अवस्था तथा आगामी कार्ययोजनाबारे जानकारी लिँदै कामलाई अझ तीव्र र गुणस्तरीय ढंगले अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अनुगमनका क्रममा मन्त्री लम्सालले फाप्ला परियोजना सुदूरपश्चिम प्रदेशको गौरवसँग जोडिएको महत्वाकांक्षी आयोजना भएको उल्लेख गर्दै निर्धारित समयभित्रै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय स्तरको यो पूर्वाधारले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुर्‍याउनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेजलाई देशकै ‘गेम चेन्जर’ परियोजनाका रूपमा व्याख्या गर्दै यसको सफल कार्यान्वयनका लागि सरकार आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

निरीक्षणका क्रममा परियोजनासँग सम्बन्धित सरोकारवाला, प्राविधिक तथा स्थानीय प्रतिनिधिहरूसँग पनि छलफल भएको थियो। सहभागीहरूले परियोजनाप्रति मन्त्री लम्सालले देखाएको सक्रियता, चासो र स्थलगत अनुगमनलाई सकारात्मक कदमका रूपमा लिँदै धन्यवाद व्यक्त गरेका थिए।

 

फाप्ला परियोजना सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशले अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्ने अपेक्षा गरिएको छ भने यसले प्रदेशको समग्र विकासमा नयाँ सम्भावनाका ढोका खोल्ने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.