रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्।

पार्टीको प्रथम प्रदेश अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा विष्टले ३५८ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत प्राप्त गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

निर्वाचन परिणामअनुसार विष्टले धामीलाई २०४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

यसअघि पनि सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हालिसकेका विष्ट पुनः सभापतिमा निर्वाचित भएका छन्। उनको नेतृत्वमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता मजबुत पार्ने तथा प्रदेशभर संगठन विस्तारलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

रास्वपाको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको थियो। विष्टको विजयसँगै सुदूरपश्चिममा पार्टीको आगामी रणनीति, संगठन विस्तार र राजनीतिक गतिविधिले थप गति लिने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.